काठमाडौं । इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ । गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो । जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे । खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा…