Logo

Breaking News 1

बालेनले यी पाँच काम तुरुन्त गर्न सक्छन्



काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहलाई ठुलो चुनौती छ, फोहोर व्यबस्थापन । महानगरको फोहोर व्यबस्थापन केन्द्रीय सरकारसंगको सहकार्यबाट गर्नुपर्ने अबस्था छ । ल्याण्डफिल्ड साइटको जग्गा छनौट र योसंग जोडिएको स्थानीयको माग केन्द्रीय सरकार जवाफदेही हुनुपर्ने छ ।

बर्षौंदेखिको यो समस्याले महानगर कुरुप बन्दै गएको छ । दीर्धकालीन रुपमा फोहोर व्यबस्थापनलाई ध्यान दिन केन्द्रीय सरकारले महानगरलाई सुबिधा प्रदान गर्न आबस्यक छ । केहि दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘फोहोरलाई मोहोर बनाउने’ बताएका थिए । यही भनाईमा टेकेर प्रधानमन्त्री देउवाले फोहोर व्यबस्थापनमा महानगरलाई सहज र सहयोग गरेमा मात्र मेयर बालेनको नेतृत्वले सफलता हांसिल गर्न सक्छ । दलहरुले आफ्ना वडा अध्यक्ष र सदस्यहरुलाई हातेमालो गरेर महानगरका समस्या समाधान गर्न तर्फ अग्रसर हुनुपर्छ ।

यस बाहेक मेयर बालेनले महानगरमा केहि यस्ता काम गर्न सक्छन्, जस्को कुनै लगानी आवस्यक पर्देन । यो निर्णयले महानगरको नयाँ निर्वाचित प्रतिनिधिहरुले कामको प्रभावकारीता देखाउन सक्नेछन् । यी निर्णयले महानगरलाई सुधारका धेरै संकेत देखाउन सक्नेछन् । तुरुन्त के गर्न सक्छन् त मेयर बालेन ?

, पुर्ण रुपमा ‘हर्न निषेध कार्यक्रम’ । २०७४ साल बैशाख १ गते महानगरमा ‘नो हर्न’ कार्यक्रम लागु भएको थियो । शुरु शुरुमा यो कार्यक्रम लागु पनि भयो । तर, महानगरीय ट्राफिक प्रहरीले यो कार्यक्रमलाई बेवास्ता गर्न थाल्यो । अहिले काठमाडौंमा हर्नको आवाजले ध्वनी प्रदुशण अत्यधिक बढेको छ ।
महानगरले गृह मन्त्रालयसंग समन्वय गरेर हर्न निषेध कार्यक्रमलाई प्रभावकारी बनाउन सक्छ । महानगरका समाचार अनलाइन साइट, सुचनापाटी, संचारमाध्यमबाट हर्न निषेधका सामग्री प्रचार प्रचार तुरुन्त गर्नुपर्छ । उपत्यका ट्राफिकसंग सहकार्य गरेर प्रचारका कार्यक्रम गरेर जरिवाना र कारवाहीलाई चुस्त बनाउन सक्छ ।
बंगलादेशको ढाका, भारतको दिल्ली, कलकत्तामा अत्यधिक हर्नको ध्वनी प्रदुशणले बिश्वमै बेइज्जत भइरहेको छ । अहिले नेपालको काठमाडौं त्यस्तै ध्वनी प्रदुशणको बाटोमा गइरहेको छ । यसलाई रोक्न कुनै बजेट र लगानी चाहिंदैन । प्रचार र कारवाहीका प्रक्रिया थालनी गरेर महानगरीय ट्राफिकलाई उत्तरदायीत्व बनाउन सक्नुपर्छ । यो काम तुरुन्त महानगरले पहल गर्नुपर्छ ।

, ‘सडक मानव मुक्त’ कार्यक्रम । सरकारले तीन बर्षअघि सडकमा मागेर हिंड्ने व्यक्ति नियन्त्रणको कार्यक्रम ल्याएको थियो । जस्लाई ‘सडक मानव मुक्त’ भन्ने कार्यक्रम नामाकरण गरियो । शुरुमा यो कार्यक्रम लागु त भयो । बिस्तारै यो काम छोडियो । अहिले काठमाडौं महानगरका चोक चोकमा पैसा माग्ने मानिसहरुको भीड नै देख्न सकिन्छ । कोटेश्वर चोकमा जब गाडी रोकिन्छन्, अनि भारतीय महिला, बालबालिकाहरु हात थाप्दै माग्न सवारी नजिकै झुम्मिन्छन् । यिनिहरुले के के भाषा बोल्छन् । नेपाली पनि बोल्न जान्दैनन् । यस्ता माग्नेहरु पशुपति मन्दिर, स्वयम्भु, रत्नपार्कका सडक, बिभिन्न चोकहरुमा प्रशस्त देखिन्छन् । यसलाई नियन्त्रण गर्न सजिलै सकिन्छ । भारतीय, बृद्धबृद्धा, अपांग, बेसहारा, घरवारविहीन र काम गर्न सक्ने व्यक्तिहरु छुट्याएर तुरुन्त व्यबस्थापन गर्नुपर्छ । यसका लागि सरकारका बिभिन्न निकाय, गैरसरकारी संस्था, सम्बन्धित परिवारसंग तुरुन्त समन्वय गर्नुपर्छ । यो काम गर्नका लागि पनि कुनै लगानी चाहिंदैन ।

, कुकुर पालनको नियम र बेवारिसे कुकुर नियन्त्रण । विकसित मुलुकमा कुकुर पाल्ने नियम हुन्छ । एउटाले पालेको कुकुरले छिमेकीलाई असर पार्न पाईंदैन । कुकुरको आवाजले अरुलाई तनाव दिन पाईंदैन । अर्को कुरा काठमाडौंका सडकमा यति धेरै बेवारिसे कुकुर छन्, यसले हाम्रो सडक नै कुरुप बनाइदिएको छ । दैनिक यी बेवारिसे कुकुरबाट दर्जनौं व्यक्ति पीडित छन् । यसलाई नियन्त्रण गर्न महानगरले तुरुन्त पहल गर्नुपर्छ । यो नियम बसाउन र नियन्त्रण गर्न पनि कुनै बजेट आबस्यक पर्देन ।

४, सडकमा ठेला निषेध । काठमाडौंका सडक यसै त सांगुरा छन् । झन ठेलाको भीडले सडकको अबस्था निकै खराब छ । सडकमा सामान राखेर चिच्याएर बोल्ने गर्दा टोल टोलमा बिहानैदेखि कोलाहल शुरु हुन्छ । बिश्वमा भारत र बंगलादेश बाहेक कहिं पनि यस्तो छैन । भारत र बंगलादेशका बजारहरु बिश्वमै सबैभन्दा झुर बस्ती मानिन्छ । काठमाडौंमा पनि जथाभावी ठेला व्यापारले यहाँको सौन्दर्यकरणलाई कुरुप बनाएको छ । यसको व्यबस्थापन गर्न महानगरले सजिलै सक्छ । निश्चित ठाउँ तोकेर ठेलामा व्यापार गर्न सक्ने प्रबन्ध मिलाउनुपर्छ । यसका लागि पनि खासै ठुलो बजेटको आबस्यक पर्देन ।

५, ट्राफिक व्यबस्थापन । काठमाडोंमा जथाभावी पार्किङ गरिन्छ । पार्किङलाई ध्यान नदिइ घर निर्माण गरिन्छ । सडकका साइडमा सवारी रोकिन्छ । जथाभावी सार्बजनिक सवारी चलाईन्छ । हर्नको आवाज त हामीले एक नं बुँदामा भनिसक्यौं । सार्बजनिक बसले लापरवाही तरिकाले यात्रु झार्ने र चढाउने गर्दा लाग्छ, महानगर भित्र कुनै नियम छैन । कुनै बिदेशी पर्यटकले महानगरको सार्बजनिक सवारी प्रयोग गर्ने अबस्था छैन । फोहोर मैला सिट, बस कर्मचारीको अभद्र व्यबहार, जथाभावी बस रोक्ने, हल्लाखल्ला, अनुशासनहीन आदि जस्ता खराब तौरतरिकाले सार्बजनिक बस माइक्रो चढ्ने लायक छैन । यी सबै महानगरले व्यबस्थापन गर्न सक्छ । यसका लागि पनि कुनै बजेट चाहिंदैन । इच्छाशक्ति, समन्वय, अनुगमन, कारवाहीको प्रणाली जस्ता निर्णय र काममा महानगर अग्रसर भए पुग्छ ।

अतः यी सामान्य तर मुख्य आधारभुत कुरालाई सुधार र नियन्त्रण गर्न सजिलै सकिन्छ । यसका लागि ठुलो बजेट चाहिंदैन । काठमाडौंमा यी बिषयहरु सुधार भयो भने उपत्यकाका अन्य पालिका र देशभरि राम्रो प्रभाव पर्नेछ । मेयर बालेन साहले यसलाई कार्यान्वयन गर्न एक सेकेण्ड पनि ढिलाई गर्न हुँदैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ३ : १८ बजे