जनकपुर । मिथिलाञ्चलमा आज सोमबार विवाहित महिलाहरूले धार्मिक श्रद्धाका साथ वटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् । विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ । पर्वको अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, साया, लुगा–फाटा,…