काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन् । पूजा आराधनापछि प्रसाद ग्रहणल गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्। महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ…