काठमाडाैं । आज मिति २०८१ वैशाख २१ गते, शुक्रवार, ३ मे २०२४। वैशाख कृष्णपक्ष दशमी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। वृषतारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।…