काठमाडौं — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी बाहिर रहेका नेता तथा कार्यकर्तालाई संगठनमा फर्किन खुला आह्वान गरेको छ। हालै सम्पन्न पार्टी बैठकले विगतका निराशा, असहमति तथा परिस्थितिजन्य कारणले टाढिएका कार्यकर्तालाई पुनः सक्रिय भूमिकासहित पार्टीमा पुनर्संलग्न हुन आग्रह गर्ने निर्णय गरेको हो। जसपाका सचिव शैलेन्द्रप्रसाद साहका अनुसार संगठनलाई कमजोर पार्ने विभाजन, बहिर्गमन…