Logo

उम्मेदवारी दर्ता गर्न झापा पुगे ओली, चुनावी वातावरण नबनेको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ताका लागि गृहजिल्ला झापा पुगेका छन्। भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले देशमा अझै निर्वाचनको अनुकूल वातावरण नबनेको बताएका छन्। उनले मतदातामाथि डर र धम्की रहेको तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको कारण निष्पक्ष चुनावी माहोल तयार हुन नसकेको दाबी गरे। “मतदाताहरूमा त्रास छ, धम्कीको अवस्था छ…