काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ । बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो । बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन् ।