सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरुको शक्ति परिक्षण हुँदैछ । तीन बर्ष अघि भएको प्रतिनिधीसभामा नेपाली काँग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरुलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले कर्णालीमा आफ्नो गुमेको साख फर्काउने ध्याउन्नमा लागेको देखिएको छ । २०७४ सालमा एमाले–माओवादी गठबन्धनले कर्णाली…