काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गरेको छ । बैठकमा कानुन व्यवसायीहरूको अनुशासन, जिम्मेवारी र मिलापत्रसम्बन्धी विषयमा उठेका प्रश्नहरूबारे विशेष छलफल भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन व्यवसायीहरूले…