काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मिश्रले बुधबार बबरमहल, थापाथली क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई सहि मान्छे छानेर ठाउँमा पुर्याउन सक्नुपर्ने बताए । उनले नेपाली राजनीति भूमरोमा जान नदिन आफूलाई जिताउन मतदाताहरुसँग…