Logo

राजनीति

भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ । 
सोमबार बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् । 
‘दोस्रो महामन्त्रीको रुपमा भुपदेव शाह मनोनयन अनुमोदन हुनुभएको छ,’उनले भने 
त्यस्तै रास्वपाले सचिवालयमा दुई जना सदस्य थप गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए । 
उनले भने,‘हाम्रो सचिवालय सदस्यमा दुई जना सदस्यहरु थपिनुभएको छ । केन्द्रीय सदस्य रहनुभएको सागर ढकाल र केन्द्रीय सदस्य नै रहनुभएको सरिता श्री ज्ञवाली हुनुहुन्छ ।’ 
त्यस्तै उनको अनुसार सांसदहरूको लेवी घटाउने निर्णय पनि बैठकले गरेको छ । 
गृहमन्त्री सुदन गुरुङको विषयमा भने बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : १६ बजे