काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णयबारे जानकारी दिँदै लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका हुन् । सहकारीको रकम हिनामिना प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समितिको…