काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले उपसभामुखको उम्मेदवार रुबीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।उनले भने,‘हामी यहाँ सबैजना माननीय हौं ।…