Logo

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकमा पुष १ देखि ३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने उनले बताए ।