Logo

राजनीति

केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ : सांसद चौधरी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले  ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई  आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन् ।

उनले भने,  ‘ताप्लेजुङको पवित्र भूमि मुकुम्लुङ जहाँ श्रद्धा र  भक्ति हुनुपथ्र्यो त्यहाँ निर्दोष नागरिकको रगत बगाइएको  छ । केवलकार निर्माणको नाममा सरकारले  बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ । स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रुपमा अस्विकार्य छ ।’

साथै, उनले सरकार दमनकारी शासक नभइ जनताको सेवक हुनुपर्ने बताए ।  उनले केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजिवन अस्तव्यस्त भएका नागरिकहरु र गोली  प्रहार जस्ता कार्यहरुबाट घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले  भने, ‘सरकार  जनताको  सेवक हुनुपर्छ,  दमनकारी शासक होइन । विकासको  नाममा अन्याय, अत्याचार र  बल प्रयोग कुनै हालतमा स्विकार्य छैन । केवलकार  विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त बन्द,ै बन्दका कारण हजारौं  नागरिकहरु मर्कामा परेका छन् । हिंसा र गोली  प्रहार  जस्ता कार्यहरु  फेरी नदोहोरियोस् । घाइतेहरुको  तत्काल उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् । स्थानीय समुदायको सम्मान गर्दै संवादका माध्यमबाट  समस्याहरु समाधान हुनुपर्छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ४३ बजे