काठमाडौँ । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाली कांग्रेसले एक हजार वटा अस्थायी आवास निर्माण गरिदिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जाजरकोट भूकम्पबाट पीडितका लागि पार्टीले एक हजार वटा अस्थायी आवास निर्माण गरेको बताए । उनले बैठकले पार्टीको घोषणाबमोजिम अस्थायी आवास निर्माण अभियानमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेको…