काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए । उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका…