काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।…