काठमाडौं — नेकपा (एमाले) नेतृ तथा पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरा विमानस्थलमा बुधबार भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले नेताहरूमाथि नियोजित अवरोध गराइएको दाबी गरेकी छन्। साहका अनुसार एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रमका लागि सिमरा जान…