काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन् । बुधबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसदमा पेश हुने बताएका हुन् । उनले भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा…