काठमाडौं – आगलागी भएको दश दिनपछि नेपाली कांग्रेसले पहिलोपटक पार्टी कार्यालयमै औपचारिक बैठक गरेको छ। शुक्रबार बिहान उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टीको कार्यसम्पादन समिति बैठक सुरु भएको हो। आगोले पार्टी कार्यालयभित्रको लाइब्रेरी र दस्तावेज ध्वस्त भए पनि पुरानो बैठक हल जोगिएको थियो। बैठक त्यही हलमा भइरहेको छ। बैठकमा सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला…