काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीका विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग आज बालुवाटारमा छलफल गरेकी छन्। करिब एक घण्टा चलेको छलफलमा निर्वाचन तयारी, दलहरूको प्रतिबद्धता र आगामी कार्ययोजनाबारे विस्तृत कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूको स्पष्ट निर्वाचन प्रतिबद्धता आवश्यक रहेको बताउँदै…