काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण ठूलो चलखेल भएको आशंका गरेका छन्। उनले कर छल्नकै लागि शेयर बिक्री गरेर हिँडेको आशंका गर्दै सरकार र नियामक निकाय जवाफ माग गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत…