काठमाडौं । क्यामरूनका ९२ वर्षीय राष्ट्रपति पल बियाले बिहीबार लगातार आठौँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन्। उनी सन् १९८२ देखि सत्तामा छन् र यस पटकको निर्वाचनपछि पुनः सात वर्षका लागि राष्ट्रपति बनेका हुन्। अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका…