काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको…