काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिने नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए। बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको छ। महाधिवेशनपछि पार्टीको आगामी कार्यदिशा, संगठनात्मक…