काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेकी छन् । बैठक शुक्रबार (भोलि) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाइएको छ । विशेषगरी फागुन…