काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मंसिर २३ गते हुने आन्दोलनको तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा अध्यक्ष राजेन्द्र लिंदेनसहित शीर्ष नेताहरू सहभागी छन् । राप्रपाले प्रवक्ता ज्ञानबहादुर शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकेको छ । पार्टीका अनुसार जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा राजा, राजनीतिक दल र…