काठमाडौं । रवि लामिछानेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज सामूहिक छलफल गर्ने भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् । उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि…