काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली…