Logo

प्रधानमन्त्री देउवा पुगे स्याङ्जा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुगेका छन् । देउवा बिहानै हेलिकप्टरबाट चापाकोट नगरपालिका पुगेका हुन् । देउवाले त्यहाँ चापाकोट नगरपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । देउवा आजै चापाकोटबाट तनहुँ जाने कार्यक्रम रहेको छ ।