काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिएका छन् । पाँच वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा संचालन भइरहेको उक्त…