काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी लागेको बताएका छन् । बुधबार पुल्चोक क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।…