रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिरका लागि आकर्षक बनाइँदैछ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको सो पार्कमा सल्लेनी वन भित्र रहेकोले शान्त र रमणीय छ । पार्कलाई आकर्षक र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माणका साथै वृक्षारोपण पनि गरिएको छ ।…