काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुले विहीबार काठमाडौंमा आयोजना गरेको आन्दोलन गणतन्त्र व्यवस्थाप्रतिको वितृष्णा भएको सहभागीहरुले बताएका छन् । बिहीबार काठमाडौँको विभिन्न स्थानबाट र्यालीसहित आन्दोलनमा सहभागी भएकाहरुले सरकारका कारण वाध्य भएर सडकमा आउनुपरेको बताए । उनीहरुले गणतन्त्र फाल्नका लागि सडकमा आएको प्रतिक्रिया दिए । आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए ।…