काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ । ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि कक्षाहरु भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको महानगरको भनाइ…