काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापासहित ६ जनालाई प्रहरीले काठमाडौंमा हिरासतमा लिएको छ। आइतबार नक्सालस्थित नारायणचौरमा आयोजित राजावादी प्रदर्शनमा सहभागी भएका थापासहितका व्यक्तिहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, थापासहित ललितपुर जावलाखेलकी ६२ वर्षीया शीला राणा, भक्तपुर ठिमीका ३२ वर्षीय राकेश बस्नेत, काठमाडौं सामाखुसीमा…