काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।…