रामेछाप । रामेछापको गाल्बालाई व्यवस्थित पहाडी बजार र नागीलाई एकीकृत आवास क्षेत्र बनाउने प्रस्ताव सरकारले अघि सारेको छ । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाको सिमाना र खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिका छिर्ने प्रमुख नाकाको रूपमा रहेको गाल्बालाई व्यवस्थित पहाडी बजार बनाउने योजना वाग्मती प्रदेश सरकारले अघि बढाएको हो । त्यसका लागि सर्वेक्षणको काम सुरु गरिएको…