काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अनलाइन मिडिया बिजमाण्डु र नेपाल खबरमा प्रकाशित समाचारविरुद्ध दायर गरेको निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज गर्दै समाचार हटाउन नपर्ने आदेश दिएको हो। यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले समाचार हटाउन आदेश दिएकोमा मौर्यको इजलासले उक्त आदेशसमेत बदर गरेको छ।…