काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार हुने मन्त्रिपरिषद् बैठकले गठन गर्ने समितिले छानबिन तत्काल सुरु गर्ने बैठकका…