काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिवंगत नेता पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेको बताएका छन् । सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए । उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ…