काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताइन् । उनले भनिन्,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन् । तर सामाजिक, आर्थिक मुल्याङ्न नगरिएका आयोजनाहरुमात्र छन्…