काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा आर्थिक अनियमितता गरेको आरोपमा १० कर्मचारसहित १३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा भएका दुई ठेक्कामा भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन…