सुर्खेत । सुर्खेतमा १६ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति दैलेख जिल्लाको गुराँस गाउँपालिका–५, गोगनपानीका ३१ वर्षीय उत्तम चन्द हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार चन्दलाई आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको हो। उनी हाल सोही स्थानमा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार पीडित किशोरीको जाहेरीका…