हेटौंडा । देशभर फैलिएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनलाई सरकारले बलपूर्वक दबाउने प्रयास गरेपछि नेपाल प्रेस युनियन मकवानपुरले गहिरो आपत्ति जनाएको छ । लोकतन्त्र, समाजवाद र वाक स्वतन्त्रताको पक्षमा निरन्तर संघर्षरत संगठन प्रेस युनियन मकवानपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्दोष विद्यार्थीमाथि भएको गोली प्रहार र सञ्चारकर्मीमाथि भएको आक्रमणलाई अमानवीय, क्रूर र लोकतान्त्रिक मूल्यविपरीतको घटना ठहर…