काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खेलाडीहरुलाई तोकिएको पुरस्कार राशि उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार उनले खेलाडीलाई पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे । प्रधानमन्त्रीको सक्रियतामा एक वर्षभन्दा अगाडि राष्ट्रिय क्रिकेट टोली र अन्डर १९ क्रिकेट टोलीका लागि पुरस्कार घोषणा गरिएको थियो ।…