काठमाडौं । सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र भएकाले कानून निर्माण गर्ने थलोको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । आइतबार काठमाडौंमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण भएका कानूनहरु किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए । उनले संसदबाट नै…