इस्लामबाद । पाकिस्तानमा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानको समस्या अन्त्य हुने देखिएको छैन । पाकिस्तानको निर्वाचन आयोगले सोमबार (जुलाई २४) इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ। पाकिस्तानको निर्वाचन आयोगले यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएको थियो तर इमरान खान उपस्थित भएनन् । यसपछि निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख…